यस जिल्ला विकास समितिको कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्यविवरण निम्न बमोजिम रहेको छ ।
योजना अनुगमन तथा प्रशासकीय अधिकृतको कार्यविवरण :
नेपाल सरकार कार्यालयको पद संकेत:
कार्य विवरण फारम सेवा : प्रशासन समूह : सामान्य प्रशासन श्रेणी : रा. प. तृतीय प्रशासन
पदको नाम : योजना अनुगमन तथा प्रशासकीय अधिकृत
स्थानीय विकास अधिकारीको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्थानीय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनमा सघाउ पुर्याउन, योजना, अनुमन तथा प्रशासकीय अधिकृतले देहायको कार्यविवरण बमोजिम कार्यहरु सम्पादन गर्नु पर्नेछ ।
१. कर्मचारी प्रशासन सम्वन्धि :
- रा.प. अनं. तथा सहायकस्तरका कर्मचारीहरुको घर विदा, विरामी विदा ७ दिनसम्म र भैपरी तथा पर्व विदा, प्रसुती विदा र क्रिया विदा स्वीकृत गर्ने । साथै असाधारण र अध्ययन विदाको लागि स्थानीय विकास अधिकारी समक्ष सिफारिससाथ पेश गर्ने ।
- अधिकृत स्तरका कर्मचारीहरुको विदा स्वीकृतिका लागि सिफारिस गर्ने ।
- जिल्ला विकास समितिको कार्यालय अन्तर्गतका सहायक स्तरका कर्मचारीको कार्य सम्पादनको सुपरीवेक्षक भै मूल्याङ्कन गर्ने, जिल्ला विकास समिति वा अन्तर्गत खटिएका निजामती कर्मचारीको सुपरीवेक्षक भै का.स.मु. गर्ने ।
- जि.वि.स. कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने समिति÷उप–समितिहरुमा सहभागी हुने र स्थानी विकास अधिकारीलाई जानकारी गराउने ।
- कार्यालय भित्र आउने सामान्य चिट्ठीपत्रहरुमा तोक आदेश गर्ने र आवश्यक देखिएका पत्रहरु स्थानीय विकास अधिकारी समक्ष पेश गर्ने ।
- कार्यालयका कर्मचारीहरुको हाजिरी प्रमाणित गर्ने ।
- सहायक स्तरका सबै कर्मचारीहरुको ७ दिन सम्मको जिल्ला भित्रको काज स्वीकृत गर्ने र सो भन्दा बढीका लागि स्थानीय विकास अधिकारी समक्ष सिफारिस गर्ने ।
- स्थानीय विकास अधिकारीको सामान्य निर्देशनमा रही जि.वि.स.को प्रवक्ता भई काम गर्ने ।
- जिल्ला विकास समितिको नोडल अधिकृत भई कार्य गर्ने ।
- जिल्ला परिषद्, जि.वि.स.का बैठक तथा समिति÷उप–समितिका बैठकहरुमा स्थानीय विकास अधिकारीलाई सहयोग पु-याउने ।
२. राजश्व तथा आर्थिक प्रशासन सम्वन्धि :
- जिल्ला विकास समितिको स्रोत परिचालन गर्नका लागि ठेक्कापट्टा, कर, शुल्क तथा दस्तुर असूली र सो सम्बन्धी कार्य गर्न सहयोग पुर्याउने ।
- जि.वि.स.को श्रेस्ता लेखापरीक्षण हुँदा औँल्याइएका वेरुजुहरु अद्यावधिक गर्न लगाउने, वेरुजु फछ्र्यौट गर्न लगाउने, नियमित गर्नु पर्ने भए पेश गर्ने, असूल गर्नु पर्ने भए तत्काल कारवाही गर्न पत्राचार गरी कारवाही अगाडी बढाउने ।
- स्थानीय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे अनुसारका कार्यक्रमहरुको खाता सञ्चालन गर्ने ।
- ‘‘घ’’वर्गका निर्माण व्यवसायीहरुलाई निर्णयानुसार इजाजत पत्र दिने, नविकरण गर्ने खारेज गर्न पेश गर्ने ।
- मालपोत आम्दानी सम्बन्धी श्रेस्तालाई दुरुस्त राख्ने व्यवस्था मिलाई गा.वि.स.÷न.पा.हरुले जि.वि.स. लाई बुझाउनु पर्ने मालपोत असूली सम्बन्धी (वक्यौता समेत) को अभिलेख राख्ने, राख्न लगाउने र सो अनुसारको रकम प्राप्त गर्ने ।
- जि.वि.स.को आय–व्ययको विवरण प्रत्येक चौमासिकमा सार्वजनिक गर्ने, गर्न लगाउने ।
- राजश्वको सम्भाव्यता विश्लेषण गरी परिचालनको लागि समिक्षा गर्ने ।
३. जिन्सी सम्वन्धि :
- स्थानीय विकास अधिकारीले प्रत्यायोजन गरेको रकमको सिमाभित्र रही जिन्सी सामानहरुको माग फाराम, खरिद आदेश तथा दाखिला रिपोर्ट स्वीकृत गर्ने ।
- शाखाहरुबाट माग भएका सामानहरुको माग फाराम (मौज्दातबाट दिनको लागि) स्वीकृत दिने ।
- जिन्सी श्रेस्ता अद्यावधिक गर्न लगाउने, जिन्सी सामानको संरक्षण एवं उचित मर्मत संभार गर्ने र लेखापरीक्षण गर्ने व्यवस्था मिलाउने ।
- जि.वि.स.को नाममा रहेको जग्गा र भवनको विवरण अद्यावधिक गर्ने, लगत राख्ने तथा राख्न लगाउने ।
- जिन्सी सामानहरुको मिनाह, धुलाई, लिलाम, मर्मत गर्नु पर्ने भए सो अनुसार गर्न स्वीकृतिका लागि पेश गर्ने ।
- गा.वि.स. भवन भित्रका सार्वजनिक तथा पर्ति जग्गाहरुको लगत अद्यावधिक गरी राख्न लगाउने र सम्पूर्ण गा.वि.स.हरुको सार्वजनिक तथा पर्ति जग्गाहरुको एकिकृत विवरण तयार गरी प्रत्येक श्रावण महिनाभित्र प्रकाशित गर्ने व्यवस्था मिलाउने ।
४. योजना तथा कार्यक्रम सम्वन्धि :
- जिल्लाहरुको आवधिक योजना तर्जुमा, मध्यावधि मूल्याङ्कन तथा जिल्ला विकास योजना तयारी गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने र सो कार्यका लागि आवश्यक मिलाउने । विषयगत समितिहरुमा सहभागी भै सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- इलाका स्तरीय गोष्ठीमा सञ्चालन गर्ने, गराउने ।
- स्वीकृत योजनाहरुको कार्यान्वयन गराउने र सम्पन्न भएका योजनाहरुको अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्ने ।
ड्ड स्वीकृत योजनामध्ये उपभोक्ता समितिबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको उपभोक्ता समिति गठन गरी सम्झौता गराउने र सम्झौँता अनुसारको कार्य तोकिएको समय, गुणस्तर, लागत बमोजिम सम्पन्न गर्न लगाउने, आवश्यकता अनुसार अनुगमन गर्ने । - ठेक्कापट्टाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रको ठेक्कापट्टा सम्बन्धी सम्पूर्ण कागजात तयार गरी पेश गर्ने, कार्यान्वयन तालिका बनाई सम्झौँता अनुसारको कार्य गर्ने, गराउने व्यवस्था मिलाउने ।
- जि.वि.स. अन्तर्गत सञ्चालन हुने कार्यक्रम तर्जुमा गर्न सहयोग गर्ने, संघसस्थाबीच समन्वय गर्ने, सम्झौँता अनुसार कार्यान्वय गर्ने, गराउने ।
- जि.वि.स. अन्तर्गत सञ्चालित योजना तथा कार्यक्रमहरुको नियमितरुपमा अनुगमन तथा मूल्याङ्कन गर्ने, प्रतिवेदन पेश गर्ने, कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका उपायसहित प्रतिवेदन पेश गर्ने ।
- उत्कृष्टरुपमा कार्य गर्ने उपभोक्ता समिति, नागरिक समाज, गैर सरकारी संस्थाहरु, स्थानीय स्तरका संस्थाहरु, कर्मचारी र कार्यालयहरुलाई पुरस्कार दिन सिफारिस गर्ने तथा नराम्रा कार्य गर्नेलाई सचेत तथा कारवाही गर्न सिफारिस गर्ने ।
- जिल्लाको विकास कार्यक्रमहरुको चौमासिक तथा वार्षिक समिक्षा गर्ने व्यवस्था मिलाउने । चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकाय तथा तालुक निकायमा पठाउने ।
- आयोजनाको लागि आवश्यक पर्ने स्रोत, साधन, जनशक्ति, निर्माण सामाग्रीहरुको विवरण तयार गरी स्वीकृतिका लागि पेश गर्ने र स्वीकृत भए अनुसारको उपलब्ध गराउने व्यवस्था मिलाउने ।
- गा.वि.स. अन्तर्गत सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरुको समन्वय, रेखदेख, अनुगमन गरी पेश गर्ने ।
- मन्त्रालय तथा रा.यो.आ. बाट समयमै वजेट सिलिङ्ग प्राप्त गर्न स्थानीय विकास अधिकारीलाई सहयोग गरी जि.वि.स.को, वार्षिक वजेट तथा कार्यक्रम तयार गरी निर्णयको लागि पेश गर्ने र स्वीकृत भए बमोजिमको कार्यान्वयन गर्ने, गराउने ।
- जि.वि.स. द्धारा स्वीकृत भएका कार्यान्वयनमा रहेका, सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको लगत अद्यावधिक गरी तथा गर्न लगाई प्रत्येक आम.व. समाप्त भएको १ महिना भित्र प्रकाशित गराउने ।
- जिल्लाको योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्दा लैंगिक समता एवं समावेशीकरण गर्नमा विशेष ध्यान दिने ।
- पछिडीएका क्षेत्र, वर्ग, असक्त, असहाय, जनजाती, दलित वर्गहरुको लागि प्रत्येक्ष फाईदा पुग्ने तथा छिटो प्रतिफल दिने कार्यक्रम स्वीकृत गराई कार्यान्वयन गर्ने, गराउने ।
- नेपाल सरकारबाट अन्तर्राष्टिय सन्धि, अभिसन्धिमा हस्ताक्षर भई कार्यान्वयनको लागि स्थानीय निकाय जिम्मेवार बनाईएका विषयहरु कार्यान्वयन र्गा जिल्लास्तरीय कार्ययोजनामा समावेश गर्न सहयोग गर्ने ।
- जिल्लास्तरीय योजना सुपरीवेक्षण तथा अनुगमन उपसमितिको सचिव भई काम गर्ने र उपसमितिको प्रतिवेदन सुपरीवेक्षण तथा अनुगमन समितिमा पेश गर्ने ।
५. अन्य कार्यहरु :
- जि.वि.स.को सूचना केन्द्र सुदृढीकरण गर्ने, गराउने ।
- जिल्लाको स्रोत नक्सा अद्यावधिक गर्ने, गराउने ।
- जि.वि.स.को काममा सघाउ पुग्ने निर्देशिका तयार गर्ने तथा गर्न लगाई स्वीकृतका लागि पेश गर्ने । प्रत्येक निर्देशिका तयार गर्दा महिला, वातावरण, जनसंख्या व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, सामाजिक समावेशीकरणलाई विशेष ध्यान दिने ।
- जि.वि.स.बाट नियमितरुपमा बुलेटिन, वार्षिक योजना, योजना प्रगती समिाक्षा आदी प्रकाशित गर्ने, गराउने ।
- जिल्ला तथा गा.वि.स.हरुको पाश्र्व ९म्ष्कतचष्अत एचयाष्भिरख्म्ऋ एचयाष्भि० चित्र तयार गर्ने तथा अद्यावधिक गर्न लगाई प्रकाशित गर्ने ।
- स्थानीय विकास मन्त्रालयबाट भएको निर्देशन तथा परिपत्रको पालना गर्न सहयोग गर्ने ।
- जिल्लापरिषद् तथा जि.वि.स. वोर्ड, समिति, उपसमितिमा पेश गर्ने प्रस्ताव तयार गरी स्थानीय विकास अधिकारी समक्ष पेश गर्ने ।
- जि.वि.स. बोर्ड तथा परिषद्बाट भएका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्ने ।
- गा.वि.स.हरुको लेखा परीक्षण गर्न लगाउने, वेरुजुको लगत , वेरुजु फरफारक, संपरीक्षण, असूली गर्ने व्यवस्था मिलाउने ।
- सामाजिक सुरक्षा सम्बन्धी अभिलेख अद्यावधिक गर्न गाउने । अभिलेख अनुसार रकम माग गर्ने र निकासा भएको रकम सम्बन्धितहरुले प्राप्त गर्ने व्यवस्था मिलाई सोको नियमित अनुगमन गर्ने ।
- गा.वि.स.सचिवहरुको प्रत्येक महिनाको कम्तिमा १ पटक बैठक बोलाउने व्यवस्था मिलाउने ।
- स्थानीय विकास अधिकारीले प्रत्यायोजन गरेका अन्य कार्यहरु गर्ने ।
ना.सु. (प्रशासन शाखा) को कार्य विवरण:
नेपाल सरकार कार्यालयको पद संकेत
कार्य विवरण फाराम सेवा: प्रशासन समूह: सामानय प्रशासन श्रेणी : राजपत्र अनंकित, प्रथम श्रेणी
पदको नामः नायब सुब्बा, प्रशासन शाखा । स्थानीय विकास मन्त्रालय,जिल्ला विकास समितिको कार्यालय ओखलढुंगा ।
स्थानीय विकास अधिकारीको प्रत्यक्ष र योजना अनुगमन तथा प्रशासकिय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्था.वि.अ. ले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनामा सघाउ पुर्याउन, नायव सुब्बा, प्रशासन शाखाले आफू र आफू मातहतका कर्मचारीहरुद्वारा देहायको कार्य–विवरण बमोजिमको कार्यहरु सम्पादन गर्नु पर्नेछ ।
ड्ड रा.प. अनं. तथा सहायक स्तरका कर्मचारीहरुको घर विदा, विरामी विदा र भैपरी तथा पर्व विदा, प्रसूति विदा र क्रिया विदा स्वीकृतका लागि स्था.वि.अ. समक्ष सिफारिशसाथ पेश गर्ने ।
- जि.वि.स. को कार्यालय अन्तर्गतका सहायक स्तरका कर्मचारीको कार्य सम्पादनको सुपरीवेक्षणका लागि पेश हुन हाएका कागजातहरु यो.अ. समक्ष पेश गर्ने ।
- जि.वि.स. कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने समिति उप–समितिहरुमा सहभागी हुने र स्थानीय विकास अधिकारीलाई जानकारी गराउने ।
- कार्यालयभित्र आउने सामान्य चिठ्ठीपत्रहरुमा संकलन गर्ने र आवश्यक देखिएका पत्रहरु स्थानीय विकास अधिकारी समक्ष पेश गर्ने ।
- सहायक स्तरका सबै कर्मचारीहरुको ७ दिन सम्मको जिल्ला भित्रको काज स्वीकृत गर्नका लागि स्थानीय विकास अधिकारी समक्ष सिफारिश गर्ने ।
- जि.वि.स. को सङ्गठन तालिका र शाखा तथा पदहरुको कार्य विवरण अद्यावधिक गरी स्वीकृतिको लागि पेश गर्न यो तथा प्र.अ. लाई सहयोग गर्ने ।
- जिल्ला परिषद्, जि.वि.स. का बैठक तथा समिति उपसमितिका बैठकहरुमा स्था.वि.अ.लाई सहयोग पुर्याउने ।
- कर्मचारीहरुको व्यक्तिगत विवरण, लगत अद्यावधिक गर्ने दरबन्दी थपघट गर्नुपर्ने भएमा कार्य विवरण र पुष्ट्याईसाथ माथिल्लो अधिकारी समक्ष पेश गर्ने ।
- आवश्यकता अनुसार स्था.वि.अ. को स्वीकृति लिई गोष्ठी, सेमिनारमा भाग लिने ।
- जि.वि.स. का कर्मचारीहरुको वृत्ति विकासको लागि कार्य योजना तयार गरी स्वीकृतिका लागि पेश गर्ने र स्वीकृत भएपछि कार्यान्वयन गर्न आवश्यक सहयोग गर्ने ।
- स्थानीय विकास अधिकारीको स्वीकृति लिई मासिक बैठक गर्ने ।
- जि.वि.स.को सूचना केन्द्र सुदृढिकरण गर्न गराउन आवश्यक सहयोग गर्ने ।
- जिल्लाको स्रोतनक्सा अद्यावधिक गर्ने, गराउने कार्यमा आवश्यक सहयोग गर्ने ।
- जि.वि.स. को काममा सघाउ पुग्ने निर्देशिका तयार गर्न आवश्यक सहयोग पुर्याई स्वीकृतिका लागि पेश गर्ने ।
- जि.वि.स. बाट नियमित रुपमा बुलेटिन, वार्षिक योजना, योजना प्रगति समीक्षा आदि प्रकाशित गर्ने, गराउने कार्यमा आवश्य सहयोग पुर्याउने ।
- जिल्ला तथा गा.वि.स.हरुको पाश्र्च चित्र ९म्ष्कतचष्अत एचयाष्भिरख्म्ऋ एचयाष्भि ० तयार गर्ने तथा अद्यावधिक गर्न लगाई प्रकाशित गर्न आवश्यक सहयोग पुर्याउने ।
- जिल्ला परिषद् तथा जि.वि.स. बोर्ड समिति, उपसमितिमा पेश गर्ने प्रस्ताव तयार गरी स्था. वि.अ. समक्ष पेश गर्ने ।
- जि.वि.स. बोर्ड तथा परिषद्बाट भएका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्ने ।
- सामाजिक सुरक्षा सम्बन्धी अभिलेख अद्यावधिक गर्न आवश्यक सहयोग पुर्याउने ।
- गा.वि.स. सचिवहरुको प्रत्येक महिनाको कम्तीमा १ पटक बैठक बोलाउने व्यवस्था मिलाउने ।
- संस्था दर्ता तथा नवीकरणका लागि सिफारिश गर्ने ।
- वार्षिक सभा समारोह उत्सवहरुको आयोजनामा सहयोग गर्ने , गराउने ।
- स्थानीय विकास अधिकारीले प्रत्यायोजन गरेका एवं आए अहएका अन्य कार्यहरु गर्ने ।
ना.सु. (योजना शाखा) को कार्य विवरण :
नेपाल सरकार कार्यालयको पद संकेत:
कार्य विवरण फाराम सेवा : प्रशासन समूह : सामान्य प्रशासन श्रेणी : राजपत्र अनंकित, प्रथमश्रेणी।
पदको नामः नायब सुब्बा, योजना शाखा। स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समितिको कार्यालय, ओखलढुंगा ।
स्थानीय विकास अधिकारीको प्रत्यक्ष र योजना अनुगमन तथा प्रशासकिय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्थानिय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनामा सघाउ पुर्याउन, नायव सुब्बा, प्रशासन शाखाले आफू र आफू मातहतका कर्मचारीहरुद्वारा देहायको कार्य–विवरण बमोजिम कार्यहरु सम्पदान गर्नु पर्नेछ ।
- जिल्लाको आवधिक योजना तर्जुंमा, अध्यावधि मूल्याङ्कन तथा जिल्ला विकास योजना तयारी गर्न आवश्यक भूमिका निर्वाह गरी सो को लागि आवश्यक व्यवस्था मिलाउने ।
- इलाका स्तरीय गोष्ठी सञ्चालन गर्न आवश्यक सबै व्यवस्था मिलाउने ।
- स्वीकृत योजनाहरुको कार्यान्वयन गराउने व्यवस्था मिलाउने र सम्पन्न भएका योजनाहरुको अध्यावधिक लगत तयार गर्ने ।
- स्वीकृत योजनमध्ये उपभोक्ता समितिबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको उपभोक्ता समिति गठन गरी सम्झौता गराउने र सम्झौता अनुसारको कार्य तोकिएको समय, गुणस्तर, लागत बमोजिम सम्पन्न गर्न लगाउने, आवश्यकतानुसार अनुगमन गर्ने ।
- ठेक्कापट्टाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमको ठेक्का पट्टा सम्बन्धी सम्पूर्ण कागजात तयार गरी पेश गर्ने, कार्यान्वयन तालिका बनाई सम्झौता अनुसारको कार्य गर्ने, गराउने व्यवस्था मिलाउने ।
- जिविस अन्तर्गत सञ्चालन हुने कार्यक्रम तर्जुमा गर्न सहयोग गर्ने, संघसस्थाबीच समन्वय गर्ने, सम्झौता अनुसार कार्यान्वयन गर्ने, गराउने ।
- उत्कृष्ट रुपमा कार्य गर्ने, उपभोक्ता समिति, नागरिक समाज, गैर सरकारी संस्थाहरु, स्थानीय स्तरका संस्थाहरु, कर्मचारी र कार्यालयहरुलाई पुरस्कार दिन सिफारिश गर्ने तथा नराम्रा कार्य गर्नेलाई सचेत तथा कारवाही गर्न सिफारिश गर्ने ।
- जिल्लाको विकास कार्यक्रमहरुको चौमासिक तथा वार्षिक समीक्षा गर्ने व्यवस्था मिलाउने । चौमासिक तथा बार्षिक प्रतिवेदन तयार गर्ने र तालुक निकायमा पठाउने ।
- गा.वि.स. अन्तर्गत सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरुको मासिक, चौमासिक वार्षिक प्रगति विवरण पेश गर्ने व्यवस्था मिलाउने ।
- जिविस द्वारा स्वीकृत भएका, कार्यान्वयनमा रहेका, सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको लगत अद्यावधिक गरी प्रत्येक आ.व. समाप्त भएको एक महिना भित्र प्रकाशित गर्ने व्यवस्था मिलाउने ।
- पिछडिएका क्षेत्र, वर्ग, असक्त, असहाय, जनजाति, दलित वर्गहरुको लागि प्रत्यक्ष फाइदा पुग्ने तथा छिटो प्रतिफल दिने कार्यक्रम स्वीकृत गर्नकालागि आवश्यक सहयोग गर्ने ।
- सामाजिक सशक्तीकरण कार्यक्रमहरुको समन्वय गर्ने, दोहोरोपन हटाउने, सबै गा.वि.स तथा वस्तीहरुमा समान रुपमा कार्यक्रमहरु पुर्याउन आवश्यक उपायहरुको पहिचान गर्ने, स्वीकृत गर्न पेश गर्ने र सो अनुसार कार्यान्वयन गर्ने, गराउने ।
- जिल्ला विकास समितिको कार्यालय, विषयगत सरकारी कार्यालय तथा गैर सरकारी संघ संस्था बीच समन्वय का लागि आवश्यक पहल गर्ने ।
- जिल्ला विकासको लागि आवश्यक पर्ने विभिन्न निर्देशिकाहरु तयार गर्न आवश्यक सहयोग गर्ने।
- जिविस तथा समग्र जिल्लाका कार्यक्रमहरुलाई मितव्ययी, प्रभावकारी र न्यायोचित बनाउन उत्प्रेरक र पृष्ठपोषणको रुपमा काम गर्ने ।
- गैरसरकारी तथा निजी क्षेत्रका कार्यक्रमहरुलाई जिल्ला विकास योजनासँग तादात्म्य हुने गरी समन्वय गर्ने ।
- जिल्ला तथा गाविसहरुको पाश्र्च चित्र तयार गर्ने तथा अद्यावधिक गर्न र प्रकाशित गर्न आवश्यक व्यवस्था मिलाउने ।
- सामाजिक परिचालन सम्बन्धी कार्यक्रमहरुको संचालन, निरीक्षण र नियन्त्रण कार्यमा समन्वय गर्ने ।
- स्थानीय विकास मन्त्रालयबाट भएका निर्देशन तथा परिपत्रको पालना गर्न सहयोग गर्ने ।
- जिल्ला परिषद् तथा जिविस बोर्ड, समिति, उपसमितिमा पेश गर्ने प्रस्ताव तयार गरी स्थानिय विकास अधिकारी समक्ष पेश गर्ने ।
- जिविसबोर्ड तथा परिषद्बाट भएका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्ने ।
- गाविसहरुलाई गा.वि.स. अनुदान निर्देशिकाको आधारमा चौमासिक निकासा दिने ।
- स्थानीय विकास अधिकारीले प्रत्यायोजन गरेका एवं लाए अहएका अन्य कार्यहरु गर्ने ।
लेखापाल (लेखा शाखा) को कार्यविवरण :
नेपाल सरकार कार्यालयको पद संकेत ः
कार्य विवरण फाराम सेवा ः प्रशासन समूह ः सामान्य प्रशासन श्रेणी ः राजपत्र अनंकित, प्रथम श्रेणी ।
पदको नामः लेखापाल, लेखा शाखा । स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समितिको कार्यालय ओखलढुंगा ।
स्थानीय विकास अधिकारीको प्रत्यक्ष र योजना अनुगमन तथा प्रशासकिय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्थानीय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको आर्थिक प्रशासन लगायत अन्य कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनामा सघाउ पुर्याउन, लोखापाल, लेखा शाखाले आफू र आफू मातहतका कर्मचारीहरुद्वारा देहायको कार्य– विवरण बमोजिमका कार्यहरु सम्पदान गर्नु पर्नेछ ।
- जिविसले पाउने विकास तथा प्रशासनिक अनुदान तथा अन्य रकम निकासाको लागि व्यवस्था गर्ने ।
- जिविसको आर्थिक विश्लेषण गरी योजना शाखा, प्राविधिक शाखा र अन्य सम्बन्धित शाखाहरुलाई जानकारी दिने ।
- जिविसको आम्दानी तथा खर्चहरुको मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी गर्न लगाई सम्बन्धित निकायमा पठाउने ।
- वार्षिक आय व्यय र विकास निर्माण कार्यको विवरण जिल्ला विकास समितिको वुलेटिन वा स्थानीय पत्र पत्रिकामा प्रकाशित गर्ने ।
- जिविसको सम्पूर्ण खाताहरु स्थानीय विकास अधिकारीको संयुक्त दस्तखतबाट संचालन गर्ने ।
- तलब, भत्ता, पारिश्रमिक वितरण र तलबी प्रतिवेदन पारित गर्ने कार्यहरु गर्ने ।
- योजना तथा प्राविधिक शाखाबाट प्राप्त विवरण/कागजातका आधारमा आयोजनाका लागि निकासा, पेश्की आदि सम्बन्धी कार्यहरु गर्ने ।
- सम्बन्धित निकायबाट चौमासिक निकासा माग गर्ने र नियमानुसार खर्च गर्ने र सोको मास्केवारी तयार गरी नियमित रुपमा सम्बन्धित निकायमा पठाउन व्यवस्था गर्ने कामहरु गर्ने ।
- आयोजना सम्बन्धी निकासा, पेश्की आदिको कार्य, उपभोक्ता समितिबाट खर्च गरिएको रकमको बिल भरपाइ बुझ्ने, जाँच्ने र नियम बमोजिम कारबाही चलाउने कार्य, जिल्ला विकास समितिको बैठकबाट भएका अर्थ सम्बन्धी निर्णयहरुको कार्यान्वयन सम्बन्धी कार्यहरु गर्ने ।
- आगामी आर्थिक वर्षको यथार्थपरक अनुमानित वार्षिक बजेट तर्जुमाको मस्यौदा तयार गर्ने कार्यमा आवश्यक सहयोग पुर्याउने ।
- बजेटको अन्तिम मस्यौदा तयार गर्न जिविसद्वारा समिति गठन भएमा सो बजेट तर्जुमा समितिलाई आवश्यक सहयोग गर्ने ।
- जिविसको आय वृद्धि हुने खालका श्रोत विश्लेषण गराई संभाव्य श्रोतको उपयोग गर्न लक्ष्य निर्धारण गर्न लगाउने ।
- जिविसको आन्तरिक श्रोतहरुको पहिचान गर्ने, उपलब्ध श्रोतहरुको परिचालनको व्यवस्था मिलाउने र बजेट तर्जुमा पूर्व राजश्व प्रक्षेपण गर्ने गराउने ।
- राजश्वको प्रभावकारी असुली गर्ने व्यवस्था मिलाउने ।
- राजस्व चुहावट नियन्त्रणका कार्यहरु गर्ने ।
- राजस्व असुली सम्बन्धमा नीतिगत तथा कार्यान्वयन सम्बन्धी कार्यहरु गर्ने ।
- पुराना पेश्की बाँकी रहेको असूल उपर तथा फछ्र्यौट गर्न गराउन आवश्यक कारबाही गरी सोको मासिक रिपोर्ट तयारी सम्बन्धी कार्यहरु गर्ने ।
- लेखापरीक्षणबाट प्राप्त हुन आएका बेरुजुहरु नियमित गर्ने, असूलउपर गर्नुपर्ने भए असूलउपर गरी बेरुजु फछ्र्यौट गर्न गराउन आवश्यक कार्यहरु गर्ने गराउने ।
- जिविसको आय र व्ययको आन्तरिक लेखापरीक्षण गर्ने कार्यमा आवश्यक सहयोग गर्ने ।
- गाविसको आय र व्ययको अन्तिम लेखापरीक्षण गराउनको लागि लेखा परीक्षक छनौट गर्न लेखा समितिलाई आवश्यक सहयोग गर्ने ।
- पुरानो पेश्की समयमा फछ्र्यौट गराउन पेश्की सूचि तयार गरी स्थानीय विकास अधिकारी समक्ष मासिक रुपमा पेश गर्ने ।
ड्ड आ.ले.प बाट देखाईएको वेरुजुहरु समयमै नियमित गर्ने र समयमै नियमित हुन नसकेमा नसक्नाको कारण खोली प्रतिवेदन स्थानीय विकास अधिकारी मार्फत जिविसमा पेश गर्ने । - जिल्ला परिषद्मा प्रस्तुत गरिने लेखा समितिको अभिलेखहरु सुरक्षित राख्ने ।
- आर्थिक प्रशासन सम्बन्धी कार्यलाई सफ्टवयेरमा व्यवस्थि तगर्ने ।
- एक आर्थिक वर्षको अन्त्यपछि अर्को आर्थिक वर्षको लागि पेश्की, बैंक मोज्दात, कर्मचारी सञ्चयकोष, उपचार खर्च, धरौटी आदिको जिम्मेवारी सार्ने ।
- ऐन नियम अनुसार राजस्व सम्बन्धी अभिलेख अद्यावधिक रुपमा राख्ने ।
- बाँकी बक्यौता कर असूल गर्ने र समयमा नै बाँकी बक्यौता असूल गर्न पत्राचार गर्ने ।
- दैनिक तथा मासिक आम्दानी तेरिज दुरुस्त राख्नुका साथै सम्बन्धित ठाउँहरुमा पेश गर्ने ।
- कर असूली प्रक्रियालाई प्रभावकारी बनाउन शाखागत समन्वय कायम गर्ने ।
- कर तथा शुल्क असूली सम्बन्धमा नीतिगत समस्याहरु भए आफ्नो रायसहित निर्णयार्थ स्थानीय विकास अधिकारी समक्ष पेश गर्ने ।
- कार्यालयको टेलिफोन, पानी, विद्युत महशुलहरुको भुक्तानी गर्ने ।
- कार्यालयको नाममा रहेको जग्गा जमीनहरुको मालपोत लगायतका अन्य करहरु भुक्तानी गर्ने ।
- स्थानीय विकास अधिकारीले प्रत्यायोजन गरेका एवं लाए अहएका अन्य कार्यहरु गर्ने ।
खरिदार (जिन्सी शाखा) को कार्य विवरण :
नेपाल सरकार कर्यालयको पद संकेत ः
कार्य विवरण फाराम सेवा ः प्रशासन समूह ः सामान्य प्रशासन श्रेणी ः राजपत्र अनंकित दितिय श्रोणी ।
पदको नाम ः खरिदार, जिन्सी शाखा । स्थानीय विकास मन्त्रालय , जिल्ला विकास समितिको कार्यालय, ओखलढुंगा ।
स्थानीय विकास अधिकारीको प्रत्यक्ष र योजना अनुगमन तथा प्रशासकिय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्थानिय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनामा सघाउ पु¥याउ खरिदार, जिन्सी शाखाले देहायको कार्य–विवरण बमोजिमका कार्यहरु सम्पदान गर्नु पर्ने छ ।
- प्रत्येक शाखा, उपशाखा तथा इकाइबाट स्वीकृत माग फाराम अनुसार माग भइ आएको जिन्सी सामान मौज्दातमा भए उपलब्ध गराउने, मोज्दात नभए आवश्यक प्रक्रिया पु¥याई बजारबाट खरिद गरी उपलब्ध गराउने ।
- खर्च भई जाने जिन्सी सामान र खर्च भई नजाने जिन्सी सामानको बेग्ला बेग्लै रजिष्टर खडा गर्ने र स्थानीय विकास अधिकारीबाट प्रमाणित गराई अभिलेख राख्ने ।
- खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान प्राप्त भएको मितिले तीन दिन भित्र आम्दानी बाँध्ने ।
- जिन्सी निरीक्षण पुस्तिका खडा गरी निरीक्षण गराउने, मालसामानको सुरक्षा, मर्मत, संभार, लिलाम विक्रि, हानी नोक्सानी आदि पक्षहरुमा निरीक्षकबाट प्रतिवेदन प्राप्त गर्ने ।
- कार्यालय समान र निर्माण सामग्री नियमानुसार सोझै, कोटेशन, टेण्डरद्वारा आपूर्ति गर्ने कार्यबाहीका लागि स्थानीय विकास अधिकारी समक्ष पेश गर्ने र निर्णय भए बमोजिम खरिद गर्ने, दाखिला गर्ने र वितरण गर्ने ।
- नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिन भित्र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सार्ने, जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्ने र प्रमाणित गराउने ।
- व्यक्तिगत र सहायक जिन्सी खाता राख्ने ।
- जिल्ला विकास समितिको भौतिक तथा चल अचल सम्पत्तिको अभिलेख राखी सो को सुरक्षा एवम् मर्मत संभारको व्यवस्था मिलाउने ।
- कार्यालयलाई आवश्यक पर्ने छपाई सम्बन्धी कार्यको व्यवस्था गर्ने ।
- नगदी रसिद तथा अन्य आवश्यक रसिदहरु छपाई समयमै उपलब्ध गराउने र सोको रेकर्ड रसिद नियन्त्रण खातामा राख्ने ।
- सवारी साधन तथा ढुवानी साधनहरुको ब्लु बुक राख्ने र रिन्यू गर्ने तथा लगवुक राख्ने ।
- दैनिक खर्च हुने सामानहरुको फाराम अुनसार अभिलेख राख्ने ।
- कार्यालयलाई आवश्यक पर्ने घर जग्गा आदि खरिद वा भाडामा लिनुपर्ने भएमा आवश्यक व्यवस्था मिलाउने ।
- मर्मत गर्दा पनि काम नलाग्ने अथवा मर्मत गर्न नसकिने सामानहरुको लिलामका लागि आवश्यक कारबाही चलाउने ।
- राष्ट्रिय चाडपर्व तथा विभिन्न सभा, समारोह, कार्यक्रमहरुमा आवश्यक सामाग्रीको व्यवस्था मिलाउने ।
- प्रत्येक शाखा, उपशाखा तथा इकाइहरुलाई आवश्यक जिन्सी सामानको लगत संकलन गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न पेश गर्ने ।
- प्रत्येक शाखा, उपशाखा र इकाइहरुमा रहेका जिन्सी मालसामानको अभिलेख ठीक दुरुस्त राख्ने ।
- कार्यालयमा फिर्ता नआउने गरी निकासा भएको सामानको हस्तान्तरण सम्बन्धी कार्य गर्ने ।
- जिन्सी सामान खरीद भई विल भुक्तानी गर्दा आवश्यक कागजपत्र समेत संलग्न गरी आर्थिक प्रशासन शाखामा पठाउने ।
- स्थानीय विकास अधिकारीले प्रत्यायोजन गरेका एवं लाए अहएका अन्य कार्यहरु गर्ने ।
लेखापाल (आ.ले.प.शाखा)को कार्यविवरण :
नेपाल सरकार कार्यालयको पद संकेत:
कार्य विवरण फारम सेवा: प्रशासन समूह: सामान्य प्रशासन श्रेणी : राजपत्र अनंकित, प्रथम श्रेणी ।
पदको नाम ः लेखापाल, आलेप शाखा । स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समितिको कार्यालय, ओखलढुंगा ।
स्थानीय विकास अधिकारीको प्रत्यक्ष र योजना अनुगमन तथा प्रशासकिय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्थानिय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको आर्थिक प्रशासन लगायत अन्य कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनामा सघाउ पुर्याउन, लेखापाल लेखा शाखाले आफू र आफू मातहतका कर्मचारीद्वारा देहायको कार्य–विवरण बमोजिमका कार्यहरु सम्पादन गर्नु पर्नेछ ।
- जिल्ला विकास कोष (DDF) अन्तर्गतका जिल्ला विकास समिति र अन्तर्गतका निकायले गरेका आम्दानी तथा खर्चकहरुको नियमित रुपमा आन्तरिक लेखापरीक्षण गर्ने ।
- शीर्षकगत रुपमा विनियोजित बजेट र खर्चको तालमेलको विश्लेषण गरी यथार्थ प्रतिवेदन दिने ।
- बजेटमा अनुमान गरिएको श्रोत परिचालन अनुरुप आम्दानी भए नभएको तथा वार्षिक कार्यक्रममा उल्लेख भएका योजना कार्यक्रममध्ये कति संचालन भए, कति भएनन् सोको जाँच गरी सुझाव दिने ।
- अन्तिम लेखापरीक्षणको प्रतिवेदनमा लेखा समितिले दिएको प्रतिक्रिया समेत समावेश गरी सम्परीक्षणको लागि म.ले.प. को विभागमा पठाउन सघाउने ।
- जिन्सी श्रेस्ता अद्यावधिक भए नभएको जाँच गरी गरी प्रतिवेदन गर्ने र जिन्सी श्रेस्ताको वार्षिक निरीक्षणलाई प्रभावकारी बनाउन राय तथा सुझाव दिने ।
- राजस्व, असुली नियमित गर्न प्रतिवेदन गर्ने, जिन्सी श्रेस्ता, राजस्वको दैनिक आम्दानी फारामहरुको प्रभावकारी प्रयोग सम्बन्धमा परीक्षण गरी प्रतिवेदन दिने ।
- वेरुजुहरुको लगत अद्यावधिक गर्ने, वेरुजुहरुमध्ये असुल फछ्र्यौट गर्ने वेरुजु नियमित गर्ने र वेरुजु मिन्हा गर्ने वेरुजुको अलग अलग रेकर्ड राखी कारबाहीकालागि आवश्यक सहयोग गर्ने ।
- अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुहरु नियमित गर्नुपर्ने भए सोका लागि सहयोग गर्ने ।
- लेखा समितिको सचिवालयको रुपमा कार्य गर्ने ।
खरिदार (पन्जिकरण शाखा) को कार्यविवरण :
नेपाल सरकार कार्यालयको पद संकेत ः
कार्य विवरण फाराम सेवा ः प्रशासन समूह ः सामान्य प्रशासन श्रेणी ः राजपत्र अनंकित दितिय श्रेणी ।
पदको नाम ः खरिदार, पन्जिकरण शाखा । स्थानीय विकास मन्त्रालय.जिल्ला विकास समितिको कार्यालय, ओखलढुंगा।
स्थानीय विकास अधिकारीको प्रत्यक्ष र योजना अनुगमन तथा प्रशासकिय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्थानिय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनामा सघाउ पु¥याउ खरिदार, पन्जिकरण शाखाले देहायको कार्यविवरण बमोजिमका कार्यहरु सम्पादन गर्नुपर्नेछ ।
- व्यक्तिगत घटना दर्ता सम्बन्धी प्राप्त अभिलेख सुरक्षित एवम् व्यवस्थित गरी राख्ने ।
- व्यक्तिगत घटना दर्ता सम्बन्धी प्राप्त राजस्व बुझी बैंक दाखिला गर्ने र राजस्वको मास्केवारी सम्बन्धित निकायमा पठाउने ।
- दर्ता रेकर्ड स्वीकृत ढाँचाको फाराममा उतार गरी समयमै सम्बन्धित निकायमा पठाउने ।
- पंजीकरण सम्बन्धी स्पष्ट गर्नुपर्ने विषयको हकमा आदेश प्राप्त गरी स्थानीय पंजिकाधिकारीहरुलाई समस्या समाधान गर्न सहयोग गर्ने ।
- गाउँ विकास समिति नगरपालिकाहरुका लागि घटना दर्ता फारमहरु उपलब्ध गराउने ।
- घटना दर्ताबाट प्राप्त राजस्वको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने ।
- स्थानीय पंजिकाधिकारी विदा÷काज वा अन्य कारणले अनुपस्थित रहेका बखत घटना दर्ता सम्बन्धी काम नरोकिने व्यवस्था मिलाउन आवश्यक कार्य गर्ने ।
- नेपाल सरकारले समय समयमा दिने पंजीकरण सम्बन्धी नीति निर्देशन स्थानीय पंजिकाधिकारीहरुलाई समयमै जानकारी गराउने ।
- जेष्ठ नागरिक, असहाय विधवा, दलित बालबालिका तथा अपाङ्गको रेकर्ड राख्ने र अद्यावधिक गर्ने ।
- सामाजिक सुरक्षाको रकम निकासा माग गर्ने र वितरणका लागि सम्बन्धित नगरपालिका र गाविस सचिवहरुलाई उपलब्ध गराउने ।
- सामाजिक सुरक्षाको रकम वितरण भएको अभिलेख तयार गरी सम्बन्धित निकायमा प्रतिवेदन गर्ने ।
- घटना दर्ता र सामाजिक सुरक्षाको मासिक, चौमासिक तथा बार्षिक प्रतिवेदन तयार गर्ने र सम्बन्धित निकायमा यथासमयमा प्रतिवेदन पठाउने ।
- स्थानीय विकास अधिकारी र प्रशासन शाखा प्रमुखको निर्देशनमा अन्य काम गर्ने ।
स.ले.पा. (राजश्व शाखा) को कार्यविवरण ः
नेपाल सरकार कार्यालयको पद संकेत ः
कार्य विवरण फाराम सेवा ः प्रशासन समूह ः सामान्य प्रशासन श्रेणी ः राजपत्र अनंकित, दितिय श्रेणी ।
पदको नाम ः सह लेखापाल, राजश्व शाखा । स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समितिको कार्यालय, ओखलढुंगा।
स्थानीय विकास अधिकारीको प्रत्यक्ष र योजना अनुगमन तथा प्रशासकिय अधिकृतको सामान्य निर्देशन, सुपरीवेक्षण तथा नियन्त्रणमा रही स्थानिय विकास अधिकारीले अधिकार प्रत्यायोजन गरे बमोजिम जिल्ला विकास समितिको कार्यालयको कार्यमा गतिशिलता ल्याउन र स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको सफल कार्यान्वयनका लागि स्थानीय निकायको स्वायत्तताको अन्तरनिहित मर्म र भावनमा सघाउ पुर्याइ सह लेखापाल, राजश्व शाखाले देहायको कार्य–विवरण बमोजिमका कार्यहरु सम्पादन गर्नुपर्ने छ ।
- जिविसको आय वृद्धि हुने खालका श्रोत विश्लेषण गराई संभाव्य श्रोतको उपयोग गर्न लक्ष्य निर्धारण गर्ने ।
ड्ड राजश्वको असुली गर्ने । - राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक कार्यहरु गर्ने ।
- राजस्व असुली सम्बन्धमा भएका नीतिगत तथा अन्य कुराहरुको कार्यान्वयन सम्बन्धी कार्यहरु गर्ने ।
- बजेट तर्जुमा पूर्व राजश्व प्रक्षेपण गरी शाखा प्रमुखलाई सहयोग गर्ने ।
- राजस्वको वार्षिक अनुमान गर्ने र सो को प्रतिवेदन गर्ने ।
- ऐन नियमअनुसार राजस्व सम्बन्धी अभिलेख अद्यावधिक रुपमा राख्ने ।
- समयमानै राजस्व संकलन गर्ने ।
- राजस्त सम्बन्धी रसिद वितरण एवम् नियन्त्रण गर्ने ।
- धरौटी सम्बन्धी रसिद वितरण एवम् नियन्त्रण गर्ने ।
- प्राप्त भएको दैनिक आम्दानी बुझ्ने तथा रेकर्ड राख्ने ।
- नियमानुसार धरौटी फिर्ता मिन्हाको सिफारिश गर्ने ।
- बाँकी बक्यौता कर असल गर्ने र समयमा नै बाकी वक्यौता असूल गर्न पत्राचार गर्ने ।
- दैनिक तथा मासिक आम्दानी तेरिज दुरुस्त राख्नुका साथै सम्बन्धित ठाउँहरुमा पेश गर्ने ।
- निर्णय भएअनुसारका दण्ड जविरवाना शुल्क दस्तुर असूल गर्ने ।
- कर असुली प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय कायम गर्ने ।
- कर तथा शुल्क असूली सम्बन्धमा कुनै समस्याहरु भए आफ्नो राय सहित शाखाप्रमुख मार्फत निणयार्थ स्थानीय विकास अधिकारी समक्ष पेश गर्ने ।
- प्राप्त धरौटी रकम जाँच गरी बैंक भौचरको आधारमा भौचर खडा गरी आम्दानी बाँध्ने ।
- खरिद शाखाबाट प्राप्त नगदी रसिदहरु रसिद नियन्त्रण खातामा अभिलेख राखी वितरण गर्ने ।
- स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १८९ को उपदफा १ (घ) (५) बमोजिम “घ” श्रेणीको ठेकेदारको इजाजत दिने, खारेज गर्ने र नविकरण गर्ने कार्यमा सहयोग पुर्याउने ।
- मासिक, चौमासिक र वार्षिक आय विवरण तथा आर्थिक विवरणहरु तयार गर्ने र सम्बन्धित निकायमा यथा समयमा प्रतिवेदन गर्ने ।
- आर्थिक प्रशासन शाखा प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने ।