गणतन्त्र प्राप्ति पछिको आठौँ जिल्ला परिषद सम्पन्न

संघीय लोकत्रान्त्रिक गणतन्त्र प्राप्ति पछिको आठौँ जिल्ला परिषद्बाट स्वीकृत बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोह मिति २०७२।११।३० गते जिल्ला विकास समिति ओखलढुंगाका सभापती एवं स्थानीय विकास अधिकारी श्री यज्ञबहादुर खत्रीज्यूको सभापतित्वमा भएको थियो । सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि माननीय सांसद सुरेन्द्रबहादुर कार्कीज्यूले पानसमा दीप प्रज्वलन गरी विहान ११ः४० मा समारोहको औपचारिक शुरुवात गर्नु भएको थियो ।

सार्वजनिकीकरण समारोहमा पाल्नुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, विशेष अतिथिज्यू, अतिथिज्यूहरु लगायत आमन्त्रित र उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै प्रमुख जिल्ला ईन्जिनियर श्री माधव प्रसाद भट्टराईले बजेट नीति तथा कार्यक्रम सहभागीतात्मक योजना तर्जुमा प्रकृयालाई पूर्णतः स्वीकार गरेर तर्जुमा गरिएकोले यसमा प्रत्यक्ष वा परोक्ष रुपमा सहभागी सबैलाई धन्यवाद दिदै सफल कार्यान्वयनको लागि सबैको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नु भयो ।

संघीय लोकत्रान्त्रिक गणतन्त्र प्राप्ति पछिको आठौं जिल्ला परिषदबाट स्वीकृत बजेट नीति तथा कार्यक्रमलाई जिल्ला विकास समिति ओखलढुंगाका सभापती एवं स्थानीय विकास अधिकारी श्री यज्ञबहादुर खत्रीज्यूले प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथि लगायत आमन्त्रित र उपस्थित सम्पूर्ण सारोकारवालाहरु बीच सार्वजनिकीकरण गर्नु भएको थियो ।

सार्वजनिकीकरण समारोहमा बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै कार्यक्रमका विशिष्ट अतिथि माननीय सांसद शकुन्तला राजभण्डारीले परिषदले अनुमोदन गरेका कार्यक्रमहरु उपयुक्त रहेको विचार व्यक्त गर्दै सफल कार्यान्वयनमा जोड दिन ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि माननीय सांसद रामहरी खतिवडाले बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै कार्यक्रमहरु योजना छनौटका विभिन्न चरणहरु पार गरेर आएका हुनाले मागमा आधारीत छन् भन्दै कार्यान्वयनको चुनौतीलाई पन्छाउनु पर्नेमा जोड दिनु भएको थियो ।

गाविस हकहित संरक्षण केन्द्रका केन्द्रीय सदस्य श्री ईश्वर ढुंगाना, निमित्त प्रमुख जिल्ला अधिकारी श्री त्रिलोचन रिमाल, गैसस माहासंघ जिल्ला अध्यक्ष श्री सचना राजभण्डारी, जिल्ला उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्र मास्के, नगर विकास समिति ओखलढुंगाका अध्यक्ष श्री विनोद के.सी. सिद्धिचरण नगरपालिकाका कार्यकारी अधिकृत श्री राजन घिमिरेले बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी माले का जिल्ला सचिव श्री गुरुप्रसाद दाहालले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनु हुदै सीमित श्रोत साधनबाट विकासको फल सबै जनतामा पुर्याउन चुनौति रहेको भन्दै भुकम्पले त्यसमा झन जटिलता थपिदिएको विचार व्यक्त गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका जिल्ला सचिव श्री रुद्र फुँयालले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनु हुदै विनियोजित बजेटको अख्तियारी उपयुक्त समयमा नआउँदा जिल्लाको विकासको गतिलाई प्रभावित बनाएको विचार व्यक्त गर्दै सम्वन्धित निकायले यसमा पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

राट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष श्री जगत लुईटेलले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनु भएको थियो ।
संघीय समाजवादी फोरम नेपालका सह सचिव श्री नेत्र नेवाङले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै जिल्लामा आन्तरिक श्रोतमा बृद्धि नभएको कारण बजेटको समस्या भएको विचार व्यक्त गर्दै जनसहभागीतात्मक विकासलाई संस्थागत गर्नुमा जोड दिनु भएको थियो ।

राट्रिय प्रजातन्त्र पार्टी, नेपालका जिल्ला अध्यक्ष श्री नारायण सुवेदीले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै सीमित श्रोत साधनबाट धेरै योजनाहरु छनौट गर्नु परेकोले धेरै मेहनत परेको विचार राख्दै कार्यान्वयनमा प्रतिबद्धता जनाउनु भएको थियो ।

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला अध्यक्ष श्री बाबुराम गौतमले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै जिल्लाको आन्तरिक आय कम भएको र पुजीँगत अनुदानमा भर पर्नुपर्ने भएकोले नियमित विकास निर्माणमा कठिनाई भएको विचार व्यक्त गर्नु भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लगायतका कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा योजनाहरु उपलब्धिपूर्ण नभएको विचार व्यक्त गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटि अध्यक्ष श्री मोहनकुमार श्रेष्ठले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै विकासको लागि जल, जमीन र जंगलको सही उपयोग हुनु पर्नेमा जोड दिदै त्यसको लागि ओखलढुंगा धनी भएको विचार व्यक्त गर्नु भएको थियो । विकास सबैको सरोकारको विषय भएको र यसको लागि आपसमा प्रतिष्पर्धा नगरी समन्वय आवश्यक रहेको भन्दै समन्वयको लागि आफू अग्रसर रहेको बताउनु भएको थियो ।

जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको कार्यान्वयनको शुभकामना दिने क्रममा सिद्धिचरण नगरपालिका वडा नं. ३ निवासी श्री धनराम श्रेष्ठले “तीनतन्त्र”शीर्षकको कविता बाचन गर्नु भएको थियो ।

नेपाली काँग्रेसका जिल्ला सभापति श्री प्रदीपकुमार सुनुवारले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले विकासलाई संस्थागत गर्न आफ्नो श्रोत साधनको पहिचान गरेर त्यसको समुचित उपयोग हुनु आवश्यक रहेकोमा जोड दिदै आर्थिक विकास र सामाजिक रुपान्तरणले नै जनताको वास्तविक आवस्यकतालाई सम्बोधन गर्ने हुँदा विकासमा सरोकारवालाहरु एकजुट हुनु पर्ने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि माननीय सांसद यज्ञराज सुनुवारले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले परिषदले विगतको समिक्षा, वर्तमानको कार्यक्रम र भविष्यको सपनालाई प्रतिविम्वित गर्दछ भन्ने विचार राख्दै ओखलढुंगाको समग्र विकासको लागि मोलुङ्ग, लिखु, सुनकोशी र दुधकोशीको पानीको सही उपयोग, कृषिमा आधुनिकीकरण, पर्यटन विकासमा ध्यान पुर्याउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य केशवकुमार उदास र जुद्धबहादुर राईले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै जनताको आर्थिक तथा शैक्षिक विकास नभएसम्म समाजको विकास सम्भव नभएको विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि माननीय सांसद हर्कबोल राईले जिल्ला परिषदबाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुदै जिल्ला आवधिक योजनाको लक्ष्य अनुसारको बजेट, नीति र कार्यक्रम आएकोमा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नु भएको थियो । सीमित रुपमा रहेका श्रोत र साधनहरुको वितरण प्रणलीलाई विधिगत र पारदर्शी नबनाई विकासको प्रतिफल समानुपातिक नहुनेमा उहाँले जोड दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद सुरेन्द्र कार्की (राम कार्की) ले जिल्ला परिषद्बाट पारित बजेट नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना दिनुहुँदै जबसम्म दूरदर्शी व्यक्तिको हातमा सत्ता (Resource) हुदैन तबसम्म समानुपातिक विकास सम्भव नहुने धारणा राख्नु भएको थियो । विश्वव्यापीरुपमा विकासका दुईवटा अवधारणा प्रचलनमा रहेका र तिनीहरुमध्ये आर्थिक विकासको अवधारणा (बृद्धि विकास) मा भन्दा मानवीय विकासमा ध्यान केन्द्रीत गर्नु पर्ने उहाँको मान्यता रहेको थियो । आवस्यकताको आधारमा योजनाहरु छनौट गरेर कार्यान्वयनमा जोड नदिएसम्म विकास सम्भव छैन भन्दै भएका श्रोत र साधनहरुको सही उपयोग गरी सीमित साधनबाट असीमित आवस्यकताहरुको उचित सम्बोधन गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिबाट शुभकामना मन्तव्य पछि सार्वजनिकीकरण समारोहका सभापति श्री यज्ञबहादुर खत्रीले प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई धन्यवाद् ज्ञापन गर्दै जिल्ला परिषद्बाट पारित बजेट नीति तथा कार्यक्रमको कार्यान्वयनमा सबैको साथ पाउने अपेक्षा राख्दै सबैसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सार्वजनिकीकरण समारोहको समापन गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन श्री शिवराज प्रधानले गर्नु भएको थियो ।

Skip to toolbar