यस जिल्लाको गणतन्त्र प्राप्तिपछिको सातौँ जिल्ला परिषद् मिति २०७१।११।२८ गते सम्पन्न भयो । जिल्ला परिषद्बाट पारित नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोह सोही दिन ११ः३० वजे शुरु भई १६ः३० वजे सम्पन्न भएको थियो । समारोहको अध्यक्षता स्थानीय विकास अधिकारी शत्रुघ्न प्रसाद पुडासैनीबाट भएको थियो । उक्त समारोहमा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेल, विशेष अतिथीहरु संविधान सभाका सभासद्हरु माननीय शेखर काईराला, माननीय सुरेन्द्र कार्की (राम कार्की), माननीय यज्ञराज सुनुवार, माननीय रामहरि खतिवडा, माननीय हर्कबोल राई, माननीय शकुन्तला राजभण्डारी रहनु भएको थियो ।
अतिथीहरुमा प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराई, नेकपा एमालेका केन्द्रीय सदस्य किशोर अधिकारी, नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन खड्का (हिमशिखर), नेपाली काँग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवार, नेकपा एमालको जिल्ला संयोजक मोहन कुमार श्रेष्ठ, एनेकपा माओवादीका जिल्ला अध्यक्ष बाबुराम गौतम, राप्रपा नेपालका प्रतिनिधी धनराम श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष जगत लुईटेल, संघीय समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धीरेन्द्र रुम्दाली, नेकपा माओबादीका जिल्ला सहसेक्रेटरी बालकृष्ण राई, नगरपालिकाका कार्यकारी अधिकृत राजन घिमिरे, नगर विकास समितिका अध्यक्ष विनोद के.सी. लगायत उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका जिल्ला प्रमुखहरु रहनु भएको थियो ।
समारोहमा प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुबाट सुझाव सहितको शुभकामना मन्तव्य व्यक्त भएको थियो । आफ्नो मन्तब्यको क्रममा प्रमुख अतिथीले यस जिल्ला परिषद्ले उच्च प्राथमिकीकरण गरेको ८ वटा योजनाहरुको कार्यान्वयन गर्ने र जिल्ला परिषद्बाट पारित नभएका कुनै पनि योजना केन्द्रीय योजनामा समावेश नगर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । प्रमुख अतिथी लगायतका सम्पूर्ण अतिथीहरुलाई जिल्ला विकास समितिको तर्फबाट प्रमुख जिल्ला इन्जिनियर माधव प्रसाद भट्टराईले स्वागत गर्नु भएको थियो भने समारोहका अन्त्यमा धन्यवाद् मन्तब्य सहित स्थानीय विकास अधिकारीले कार्यक्रम समापन गर्नु भएको थियो ।