सूची दर्तासम्बन्धी सूचना

नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, ओखलढुुङ्गा

सूची दर्तासम्बन्धी सूचना

(सूचना प्रकाशित मिति २०७२/०५/१८)

यस कार्यालयको आ.व. २०७२/०७३ को लागि आवश्यक पर्ने तपशिलका कार्यहरु गर्नका लागि सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को नियम १८ वमोजिम सूची दर्ता गर्नुपर्ने भएकोले सम्बन्धित निकायमा दर्ता भएका इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले आ–आफ्नो फर्म, संस्था वा कम्पनी दर्ताको नवीकरण सहितको प्रमाण पत्रको प्रतिलिपी, मूल्य अभिवृिद्ध कर दर्ता प्रमाण पत्र, स्थायी लेखा दर्ता नम्बर (प्यान) प्रमाण पत्रको प्रतिलिपी, आन्तरिक राजश्व विभागबाट आ. व. ०७०/०७१ को कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपीहरु समावेश गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आप्mनो कारोवारको संक्षिप्त व्यहोरा तथा पत्राचार गर्ने ठेगाना, सम्पर्क व्यक्तिको नाम एवं फोन÷मोवाइल नम्बर स्पष्ट उल्लेख गरी यस कार्यालयको प्रशाशन शाखामा सूची दर्ताको निवेदन (रु. १० को टिकट टाँस भएको) दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त निवेदन उपर छानविन गरी सूचिकृत गर्ने/नगर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ ।

तपशिल:

समूह (क) खरिद/आपूर्ति तर्फ
१. स्टेशनरी सामानहरु (मसलन्द तथा विविध)
२. छपाई सम्बन्धी
३. पत्रपत्रिका तथा पुस्तकहरु
४. फर्निचर तथा फिक्चर्स खरिद/आपूर्ति
५. इलेक्ट्रोनिक्स उपकरणहरु (कम्प्युटर, ल्याप्टप, प्रिन्टर, फोटोकपी मेशिन, यु. पि. एस., फ्याक्स आदि) खरिद/आपूर्ति
६. सवारी साधन (मोटर साइकल तथा साइकल) पार्ट पूर्जा समेत खरिद/आपूर्ति
७. सूचना प्रकाशन तथा प्रशारण सम्बन्धी
८. विद्युत सम्बन्धी सामानहरु (पंखा, एयर कन्डिसनर, हिटर, चिम, तार, वायरिङ्ग सम्बन्धी सामान आदि) खरिद /आपूर्ति
९. सरसफाई तथा वगैंचा व्यवस्थापन
१०. सुरक्षा सेवा
११. कुरियर सेवा
१२ . हवाई टिकट आर्पूिर्त
१३. खाजा आपूर्ति सम्बन्धी
१४. सार्वजनिक सम्पतिको निर्माण

समूह (ख) मर्मत तर्फ
१. फर्निचर तथा फिक्चर्स
२. इलेक्ट्रोनिक्स उपकरणहरु
३. सवारी साधन
४. विद्युतिय सामानहरु
५. अन्य सार्वजनिक सम्पत्ति
६. भवन तथा भौतिक संरचना

समूह (ग) परार्मश सेवा तथा अन्य सेवा तर्फ
१. Annual Hardware Maintenance and Software Customization, maintenance सम्बन्धी
२. Software निर्माण
३. Computer Networking सम्बन्धी
४. हवाई यातायात (ट्राभल्स एजेन्सी)
५. तालिम, गोष्ठी, सेमिनार बैठक, छलफल, अन्तरक्रिया व्यवस्थापन
६. श्रव्य÷दृश्य सामग्री उत्पादन/प्रसारण
७. विभिन्न किसिमका परार्मश सेवाहरु

शर्तहरु :
क. म्याद नाघी पेश भएको, आवश्यक प्रमाणपत्रको प्रतिलिपी संलग्न नभएको वा रित नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।
ख. प्रत्येक समूहको कामका लागि छुट्टा छुट्टै आवेदन दिनुपर्नेछ ।

Skip to toolbar