आफूले प्राप्त गर्ने सेवाप्रति सुसूचित हुन पाउनु सेवाग्राहीहरुको नैसर्गिक अधिकार हो । नागरिकहरुले प्राप्त गर्ने सेवालाई पारदर्शी बनाउनु राज्यको प्राथमिक दायित्व एवं कर्तव्य हो । सार्वजनिक प्रशासनको क्षेत्र सबैभन्दा व्यापक र यो सरकारको ज्यादै महत्वपूर्ण अङ्ग भएकोले सार्वजनिक प्रशासनलाई सुशासनको अवधारणा अनुरुप सञ्चालन गर्न सकेको खण्डमा मात्र अन्य क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्न गई सार्वजनिक सेवा प्रभावकारी, छिटो छरितो हुन सक्दछ । हालका दिनमा सार्वजनिक सेवा प्रदायकलाई जनताप्रति उत्तरदायी बनाउँदै सेवालाई बढी जनमुखी र पारदर्शी बनाउने विभिन्न उपायहरुको प्रचलन बढ्दो रुपमा पाउन सकिन्छ । विशेष गरेर निजी क्षेत्रमा सञ्चालित संस्थाहरुले विभिन्न उपायहरुको अवलम्बन गरेर त्यसमा सफलता प्राप्त गरिसकेका छन् । सार्वजनिक प्रशासनको क्षेत्रमा पनि निजी संस्थाहरुले प्राप्त गरेका उत्कृष्ठ अभ्यासहरुको अवलम्बन केही मात्रामा प्रयोग गरिएता पनि त्यत्तिले मात्र पर्याप्त हुन सकेको छैन । स्थानीय स्तरमा सेवा प्रदान छिटो छरितो ढंगले प्रदान गर्न अन्य उपायहरुका अलावा नागरिक वडापत्रको प्रचलनले तिव्रता पाउन थालेको छ ।
विस्तृतरुपमा हेर्न जिल्ला विकास समितिको कार्यालय , ओखलढुंगाको नागरिक वडापत्र मा क्लिक गर्नुहोस् ।