(७) जिल्ला सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,
(ख) विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने,
(ग) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,
(घ) प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने ।
(८) जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभा सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून
बमोजिम हुनेछ ।