जिल्ला समन्वय समितिको कार्यालय निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व गर्ने
कार्यालय हो । जिल्ला समन्वय समितिमा जिल्ला सभाका सदस्यहरूले निर्वाचित गरेका 6
देखि 9 जनाको संख्यामा पदाधिकारी रहने संवैधानिक व्यवस्था छ । जिल्लाभित्रका
नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरू जिल्ला सभाका
सदस्य रहन्छन् । जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य जिल्ला समन्वय
समितिले गर्ने व्यवस्था छ । ओखलढुंगा जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख र 7
सदस्य गरी जम्मा 9 जना पदाधिकारी रहेकोमा प्रमुखज्यूको 2080/06/13 मा निधन भई हाल
उपप्रमुख सहित ८ जना पदाधिकारी रहनुभएको छ ।
संघीय सरकारबाट प्राप्त
निर्देशन र जिल्ला समन्वय समितिले गर्ने निर्णयहररुकै कार्यान्वयन तथा दैनिक
प्रशासन संचालनको लागि रा.प. द्धितीय श्रेणीको जिल्ला समन्वय अधिकारीको नेतृत्वमा
निजामती तथा करार सेवा तर्फका कर्मचारीहरू कार्यरत रहेका छन् । नेपालको संविधानको
धारा 220 (7) र स्थानीय सरकार संचालन ऐन, 2074 को दफा 92 ले दिएको अधिकार प्रयोग
गरी जिल्ला समन्वय समितिले आफ्नो कार्य संचालन गर्ने व्यवस्था छ ।