20 Jan, 2025, Mon dccokh@gmail.com (+९७७)-०३७५२०१४४
/ जिल्लाको परिचय

जिल्लाको परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार

ओखलढुङ्गा जिल्ला कोशी प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्लाहरूमध्ये एक हो । मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरुलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुंगाको ओखलको नामले यस ठाँउको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ । उक्त ढुंगाको ओखल ओखलढुङ्गा जिल्ला सिध्दिचरण नगरपालिका वडा नम्बर 12 मा अवस्थित सिध्दिचरण पार्कसँगै जोसुकैले सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ ।

यस जिल्लाको पूर्वमा खोटाङ जिल्ला, पश्चिममा रामेछाप, उत्तरमा हिमाली जिल्ला सोलुखुम्बु दक्षिणतर्फ उदयपुर र सिन्धुली जिल्लासँग सिमाना जोडिएको छ ।ओखलढुङ्गा जिल्लाको कुल क्षेत्रफल लगभग १०७४ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या १४0,914 रहेको छ । जिल्लामा १ संघीय संसद निर्वाचन क्षेत्र, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र 1 नगरपालिका सहित ८ स्थानीय तह रहेका छन् । समुन्द्री सतह देखि करिव ३ सय ९० मि. (जोतिर्घाट) देखि ३ हजार ६ सय २७ मि. (लाम्जेडांडा) सम्मको उचाईमा अवस्थित यस जिल्ला विश्व मानचित्रमा २७º6' उत्तरी अक्षांश देखि २७º३२' उत्तरी अक्षांशसम्म र ८६º १0' पूर्वी देशान्तर देखि ८६º 32' पूर्वी देशान्तर सम्म फैलिएको छ । विविधतायुक्त धरातलीय स्वरूपले युक्त यस जिल्लामा वेँशी क्षेत्रले १५%, मध्यपहाडी क्षेत्रले ६५% र लेकाली क्षेत्रले २०% भूभाग ओगटेको छ ।  

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ पौष १६ गते मंगलबार